नेकपाद्वारा संविधान संशोधनको गृहकार्य गर्न कार्यदल

141

छिनछिन खबर
काठमाडौं–सत्तारुढ नेकपाले संविधान संशोधनको गृहकार्य गर्ने भन्दै कार्यदल गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन् ।

नेकपा उपाध्यक्षलाई राष्ट्रिय सभामा ल्याउने करिब निश्चित भएपछि संविधान संशोधनको तयारी गरिएको हो । आफ्नो प्रतिनिधित्वको लागि गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनु पर्ने अडान राख्दै आएका थिए । अहिलेको व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन् ।

Womui
Womui