कोहलपुरमा बालिका बलात्कृत

34

कोहलपुर, फागुन ११-

बाँकेको कोहलपुरमा १२ बर्षिया एक बालिका बलात्कृत भएकी छन् । कोहलपुर  १२ स्थित मसुरीखेतको जङगलमा बयर खान गएकी बालिकालाईं सोही ठाउँका ३० बर्षिय व्यक्तिले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको छ । युवक विरुद्व मुद्वा दर्ता भईसकेको प्रहरीले जनाएको छ । फरार रहेका उनलाई प्रहरीले खोजी कार्य तिव्र पारेको छ । शनिबार साँझ लगभग ५ बजेतिर सो घटना भएपनि रातिको ९ बजे सो घटनाबारे कोहलपुर प्रहरीले थाहा पाएको थियो ।

Womui
Womui