नेपालगन्जमा आर्थिक विकासमा टेवा दिने चार क्षेत्र

112

नेपालगन्ज, फागुन ८-
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले ब्यापार ब्यवसायको प्रवद्र्धनका लागि स्थानीय सरकार आप्mनो तर्फबाट सक्दो सहयोग गर्न सधै तयार रहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना अन्तर्गत प्रस्पिर्धात्मक लाभको सहभागिता मूलक विश्लेषण परिणाम प्रस्तुती कार्यशालामा प्रमुख राणाले ब्यापार ब्यवसाय बढाउन सवल पक्षमा सरलिकरण र सहजिकरण गर्न तयार रहेको बताए । उनले आगामी वर्षदेखि नेपालगन्जमा आर्थिक प्रवद्र्धन विभाग स्थापना गरेर नयाँ ब्यवसायका लागि सहयोग गर्ने योजना रहेको बताए ।

कार्यक्रममा पहिचान गरिएका क्षेत्रबाट छिटो नतिजा दिने कार्यक्रम तत्काल कार्यान्वयन गर्न प्रमुख राणाले आग्रह गरे । जिआईजेडका प्राविधिक सल्लाहकार फोल्कर स्टिगरवाल्डले सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यले आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । ११ दिनसम्म चलेको गोष्ठीमा सहभागी विभिन्न क्षेत्रका ब्यक्तिहरुले नेपालगन्ज क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख चार आधार तरकारी र फलफुल, खाद्य प्रशोधन, दुध (डेरी) र व्यापार(पर्यटन) लाई पहिचान गरेका छन् । यसको उद्धेश्य स्थानीय अर्थतन्त्रलाई जागृत गर्नुका साथै यसमा देखिने जोखिमको सामना गर्न सक्ने क्षमतालाई सशक्त बनाउनु रहेको छ । यो परियोजना प्रदश ५ का ३ सहित देशका ११ स्थानीय तहमा कार्यान्वयनमा छ । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायतको सहभागिता थियो ।

Womui
Womui