उपकरण सहित स्वास्थ्य चौकी भवन हस्तान्तरण

112

नेपालगन्ज, फागुन ८-
जापान सरकारको सहयोगमा आड्रा र वातावरण तथा ग्रामीण विकास केन्द्र (ईन्रुडेक) द्धारा बाँकेमा अवस्थित दुई वटा स्वास्थ्य चौकी भवनको मर्मत तथा नविकरण गरी उपकरण सहित हस्तान्तरण गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा रहेको खासकुश्मा स्वास्थ्य चौकी र वडा नम्बर २ मा रहेको कचनापुर स्वास्थ्य चौकी बिहीबार हस्तान्तरण गरिएको हो ।

जापान सरकारको सहयोगमा बाँके जिल्लामा सञ्चालित नवजात शिशु तथाबाल स्वास्थ्य सुधार परियोजना अन्तर्गत ती स्वास्थ्य चौकीहरु मर्मतसम्भार र नविकरण गरिएको हो । नविकरण गरिएका भवनमा सुरक्षित प्रसुती कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नर, कर्मचारी आवास कक्ष लगायत बाथरुम, ट्वाइलेट, सेप्टिक ट्याङ्क, प्लासेन्टापिट आदीको समेत निमार्ण तथा स्तरोन्नती गरिएको छ । साथै, अत्यावश्यक नवजात शिशु स्याहारका लागी आवश्यक उपकरणहरुको पनिव्यवस्था गरिएको छ ।

नवजातशिशु तथाबाल स्वास्थ्य अवस्थामा सुधार ल्याउन यस परियोजनाले बाँके जिल्लाका भेरी अस्पताललगाएत ४८ वटा सरकारी स्वास्थ्य संस्थामा नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागी उपकरण उपलब्ध गराउने तथा ६ वटा स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतीको योजनामा काम गरिरहेको छ । मार्च २०१९ मा सुरु भई फेब्रुवरी २०२२ सम्म सञ्चालन हुने यस परियोजनाबाट बाँकेका पाँच लाख ६१ ह्जार ४ सय ९७ जना लाभान्वित हुनेछन् । परियोजनाको कुल लागत १२ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

Womui
Womui