नेपालगन्जमा प्रथम सडक खाना महोत्सव फागुन २३ गतेदेखि २५ सम्म हुने

34

नेपालगन्ज,  फागुन ७- नेपालगन्जमा धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले प्रथम सडक खाना महोत्सव २०७६, (नेपालगन्ज फुडफेस्टिभल २०७६) फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्ने भएको छ । सुर्खेतरोड (धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग) मा भब्य लाईट, टेन्ट सहितको व्यवस्थापनमा आयोजना गरिने महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश गरिने होटल व्यवसायी संघ बाँकेका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक भिमलाल कँडेलले बताए । आयोजकले नेपालगन्ज फुड फेस्टिभलका विषयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी बिस्तृत जानकारी दिएको छ ।

सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने यस फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको गरिएको जानकारी दिदै कँडेलले सरसफाई, सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि बिशेष ध्यान पुर्याउने गरी सरोकारवाला निकायबाट अनुमति प्राप्त भइसकेको छ भने आवश्यक समन्वयको सुनिश्चितता गरिएको उल्लेख गरे । नेपालगन्जको उत्सवका रुपमा आयोजना गर्न लागिएको फुडफेस्टिभलमा ५० हजार बढिले अवलोकन गर्ने बिश्वास गरिएको छ ।

छिमेकी देश भारतबाट समेत पर्यटक सहभागि हुने फुडफेस्टिभलमा रु २ करोड बढिको कारोबार हुने लक्ष्य राखिएको छ । जसमा बिभिन्न स्वादिला परिकार पस्किने छौं । फुडफेस्टिभलमा कलाकारहरुको बिशेष प्रस्तुती मार्फत सांस्कृतिक संरक्षणको काम समेत गरिने छ ।  बिभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको स्वदेशी तथा बिदेशी  पाहुनाहरु माझ परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक शसक्तिकरण र पहिचान संरक्षण हुने उद्देश्यका साथ यो फुड फेस्टिभलको आयोजना गर्न लागिएको हो । खाना मात्र नभई भिजिट बर्ष २०२० लाई मुलरुपमा अंगिकार गरि यसको सफल पार्ने र स्वरोजगारिताको विकास गरि देशको आर्थिक विकासमा योगदान गर्ने अर्को लक्ष्य हो ।

फुड फेस्टिभलले मौलिक उत्पादनको बजारीकरण भई स्वरोजगारिताको सिर्जना गरि आर्थिक सशक्तिकरण गर्न सहयोग पुर्याउने छ । बेरोजगार युवाहरुलाई होटल तथा व्यापार, व्यवसायतिर आकर्षित तथा उत्साहित गर्नुका साथै बैदेशीक रोजगारमा जाने युवाहरुमा सिपको विकास गरेर आत्मबिश्वास निर्माण गर्ने अगुवा होटल व्यवसायी दीवाकर खनालले बताए । उनका अनुसार, फुड फेस्टिभलबाट भएको आम्दानी तथा नाफाको केहि प्रतिशतबाट बाँके जिल्लामा रहेका पर्यटन स्थलकोप्रबद्र्धन तथा प्रचार प्रसारमा लगाइने छ । पत्रकार सम्मेलनमा उपस्थिती नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले नेपालगन्जको परिकार चिनाउन र अन्य क्षेत्रको परिकारको प्रर्बद्धन गर्न महोत्सव सहयोग सावित हुने बताए ।

Womui
Womui