चीनबाट उद्धार गरी ल्याइएका नेपालीमा कोरोना संक्रमण देखिएनः स्वास्थ्य मन्त्रालय

34

छिनछिन खबर
काठमाडौं–चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा लगिएको दिन नै परीक्षणका लागि उनीहरूको ‍¥यालको नमुना लिइएको थियो ।

त्यसको परीक्षण रिपोर्टले कोरोना संक्रमण नदेखाएको मन्त्रालयले जनाएको छ । भाइरस संक्रमण नभए पनि उनीहरू १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । संक्रमण देखिए अस्पताल लगेर आइसोलेसन वार्डमा राखेर उपचारको व्यवस्था गरिएको छ ।

Womui
Womui