‘कांग्रेसलाई सबै चुनौतीको समना गर्न सक्ने पार्टी बनाऔं : सिंह

113

नेपालगन्ज, फागुन ७- नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीलाई अनुशासित, विधि र नियम सम्मत तबरले सञ्चालन गर्न सकेमा जनताको आर्कषण बढ्ने नेता सिंहको भनाई छ । उनले भने, ‘नेपाली कांग्रेसलाई कार्यकर्ताले मात्र नभएर आम नेपाली जनताले विश्वास गर्ने पार्टी बनाउन सक्रिय बनाउनुपर्छ ।’ पार्टी भित्रका कमी, कमजोरी हटाउनको लागि कांग्रेसका नेतादेखी कार्यकर्ताहरु गाउँ, वडा, टोलमा पुगेर काम गर्नुपर्नेमा जोड दिए ।

Womui
Womui