२ वर्षको अवधिमा तीब्र विकास भइरहेको छ, प्रधानमन्त्री ओली

33

छिनछिन खबर
काठमाडौं, फगुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २ वर्षमा तीब्र विकास गरिरहेको दावी गरेका छन् । शनिवार सरकारले २ वर्ष पूरा गरेको अवसरमा प्रतिनिधि सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व गरेपछि ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् । ३ हजार ५ सय ७८ किमी सडक ग्राभेल सडक निर्माण भएको, ३ सय २५ सडक पुल निर्माण भएको र यो वर्ष मात्रै ४० पुल बनेको ओलीको भनाइ छ । उनले भने–‘यो सरकार बनेपछि दैनिक ६ किलोमिटरका दरले कालोपत्रे भइरहेको छ ।’६ सय भन्दा बढी तुइन विस्थापन भएको तथा अब डेढ दर्जन हाराहारीमा तुइन विस्थापन गर्न बाँकी रहेको पनि उनले उल्लेख गरे ।उनले विश्वमा तीब्र आर्थिक बृद्धिदर हासिल गरिरहेका देशहरु मध्ये नेपाल उत्कृष्ट १० भित्र रहन सफल भएको पनि बताए ।

 


उनले देशमा कोही बेरोजगार नरहेको बताउदै भने–‘श्रमशक्ति बढेको जतिलाई रोजगारी थपिएको छ । अहिले नयाँ बेरोजगार थपिएका छैनन् । श्रम मन्त्रालयले अहिले बेरोजगारहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।’उनले बैकहरुको शाखा ९ हजार ३ सय पुगेको बताउँदै सरकारले थालेको ‘खोलौं बैक खाता’ अभियान मार्फत डेढ लाख नयाँ खाता खुलेको प्रगति पेश गरे । देशमा लगानीको वातावरण रहेको बताउँदै विदेशी तथा आन्तरिक लगानी प्रतिबद्धतामा उत्साह बढेको जानकारी गराए ।

Womui
Womui