शुक्रबार संसदमा हुने प्रधानमन्त्रीको सम्बोधन स्थगित

147

छिनछिन खबर
काठमाडौं, फगुन २ । प्रतिनिधिसभामा शुक्रबार २ बजे हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ ।नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।

 

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले सरकारको दुई वर्षे कार्यकालका उपलब्धि जानकारी गराउन सम्बोधन गर्ने तय भएको थियो । नेपाली कांग्रेसले उपाध्यायको निधनको शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।

Womui
Womui