राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

113

छिनछिन खबर
काठमाडौं, फागुन २ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रबार रूपन्देहीस्थित निवासमा निधन भएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनी क्यान्सर रोगबाट पिडित थिए । उनको भरतपुर क्यानसर अस्पतालमा उपचार गरे पनि निको भएको थिएन ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएक थिए । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निवनिर्वाचित भएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए । लुम्बिनी विकास कोषका कार्यकारि सदस्य समेत रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उपाध्यायको शुक्रबार नै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Womui
Womui