जनयुद्ध दिवसमा प्रचण्डले भने– अब समाजवादका लागि शान्तिपूर्ण आन्दोलन हुने

100

छिनछिन खबर
काठमाडौं, फगुन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका लागि फेरि आन्दोलन हुने बताएका छन् । जनयुद्ध दिवसका अवसरमा बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दाहालले समाजवादका लागि अब हुने आन्दोलन शान्तिपूर्ण रहने पनि बताए । माओवादी विघटन गरेर नेकपा बनाउनु समाजप्रतिको चिन्ता भएको उनको भनाइ थियो ।

‘जनवादी क्रान्ति मौलिकतामा भएको हो, अब समाजवादतिर पनि मौलिकतामै अघि बढ्छ,’ उनले भने । उनले अब बुर्जवा पार्टी नेपालमा नचाहिएको उल्लेख गर्दै कम्युनिष्ट नेता बिग्रने पथमा जान नहुने बताए ।

Womui
Womui