सैनिक कमान्डोले सपिङ मलमा गोली चलाए, २६ को मृत्यु, ५७ घाइते

35

एजेन्सी
बैंकक–थाइल्यान्डको उत्तरपूर्वी क्षेत्रमा एक सैनिक जवानले अन्धाधुन्ध गोली चलाएर २६ को हत्या गरेका छन् । सोही घटनामा ५७ जना घाइते भएका छन् । नाकोर्न रात्चासिमा सहरस्थित सपिङ ममा मानसिक रूपमा अस्वस्थ सैनिक कमान्डोले गोली चलाएका थिए । उनी ब्यारेकबाट एउटा स्वचालित हतियार हुम्बी चोरेर सहर पसेका थिए ।

आक्रमणकारी भनिएका ती सैनिक गोली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको प्रहरीले बताएको छ । फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए । फेसबुकले त्यो पेज हटाइदिएको छ ।

जक्रफन्थ थोम्मा नामक ती व्यक्तिलाई पनि सुरक्षाकर्मीले मारिदिएका छन् । हतियारधारी ती सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीका क्रममा उनको मृत्यु भएको जनाइएको छ । घटनापछि उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

Womui
Womui