बार काउन्सिलमा वाम समर्थक कानुन व्यवसायीको वर्चस्व

65

छिनछिन खबर
काठमाडौं–नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) को सम्पन्न निर्वाचनमा सातमध्ये ४ प्रदेशमा नेकपा समर्थित कानुन व्यवसायी विजयी भएका छन् । अन्य तीन प्रदेशमा कांग्रेस समर्थित प्रजातान्त्रिक गठबन्धनले जितेको छ ।

सातै प्रदेशमा अलगअलग भएको निर्वाचनमा प्रदेश प्रदेश नम्बर १ सहित वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा समर्थित प्रगतिशील समूहका उम्मेदवारले विजय हासिल गरेका छन् । सबैभन्दा धेरै कानुन व्यवसायी रहेको वागमती प्रदेशमा डा.चन्द्रकान्त ज्ञवाली विजयी भए । ज्ञवालीले १९२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेस समर्थित प्राध्यापक गुणनीधि न्यौपानेले १५३५ मत प्राप्त गरे ।

त्यस्तै, प्रदेश १ मा नेकपा समर्थित प्रेमप्रसाद कोइराला विजयी भए । कर्णाली प्रदेशमा नेकपा समर्थित रामबाबु बीसी र सुदूरपश्चिम प्रदेशमा नेकपाकै प्रकाशबहादुर पाण्डेय विजयी भएका छन् । प्रदेश २ मा कांग्रेस समर्थित श्यामकुमार मिश्र निर्वाचत भएका छन् भने गण्डकी र प्रदेश ५ मा पनि सोही समूहका मुकुन्दराज अर्याल र बाबुराम पाण्डे निर्वा्चित भएका छन् । काउन्सिलमा यसअघि कांग्रेस समर्थक कानुन व्यवसायीको बर्चस्व रहँदै आएको थियो ।

Womui
Womui