सरकारको नियत आफ्नालाई जोगाउने, अरुलाई फसाउनेः नेपाली कांग्रेस

88

छिनछिन खबर
काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनीतिक वदनियतले प्रेरित गरेको ठहर गरेको छ ।
कांग्रेसले पार्टीका नेतामाथि झुठ्ठा मुद्दा लगाउने र हतोत्साहित गर्ने कार्य सरकारले गर्दै आएको आरोप पनि लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नियत ‘आफ्नालाई जोगाउनेरअरुलाई फसाउने’ देखिएको आरोप लगाए । सरकारको नियतको प्रभाव र दवावमा अख्तियार पर्नु दुःखद रहेको प्रवक्ता शमाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । ‘बालुवाटार जग्गा प्रकरणको गहिरो छानविनका लागि नेपाली कांग्रेससँगै सिंगो राष्ट्रले माग गर्दै आएको हो ।

नेपाली कांग्रेस यो लगायतका अन्य सबै अनियमितता, अख्तियार दुरुपयोग र भ्रष्टाचारका प्रकरणहरुको गम्भीर र गहिरो अनुसन्धानका पक्षमा थियो र रहनेछ’, पार्टी प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तर शुरुवात देखिनै सरकारको नियत ‘आफ्नालाई जोगाउनेरअरुलाई फसाउने’ देखियो । सरकारको त्यही नियतको प्रभाव र दवावमा अख्तियार पर्नु दुःखद छ ।’
नेकपा महासचिव विष्णु पौडेललाई नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको कांग्रेसले आरोप लगाएको छ ।

Womui
Womui