अबदेखि पत्रकार बन्न लाइसेन्स चाहिने

131

छिनछिन खबर
काठमाडौं–अबदेखि पत्रकार बन्न लाइसेन्स चाहिने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक पारित भएपछि यस्तो व्यवस्था हुन थालेको हो । यसअघि प्रस्ताव गरिएको दण्ड र सजायको ब्यवस्था भने सरकारकै सहमतिमा हटाइएको छ । लाइसेन्स परीक्षा पास भएपछि मात्र बाइलाइन समाचार लेख्न पाउने ब्यवस्था गरिएको छ ।

यो नियम नयाँ पत्रकारका हकमा मात्र लागू हुनेछ । विधेयकमा पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुने उल्लेख गरिएको छ ।

Womui
Womui