५ नम्बरका मुख्यमन्त्रीले भने–दम्भ र लबिङका आधारमा प्रदेशको राजधानी तोकिँदैन

23

छिनछिन खबर
बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले स्थायी राजधानी र नामका बिषयमा राजनीतिक लबिङ नगर्न नेताहरुलाई आग्रह गरेका छन् । प्रेस संगठन नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही नेताले प्रदेशको स्थायी राजधानी र नामका बिषयमा लबिङ गरिरहेको बताए ।

सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउन समय लागेको बताए । ‘मैले दाङ राजधानी बनाउने चुनावी नारा दिएँ, पार्टी महासचिव विष्णु पौडेलले बुटवल राजधानी बनाउने बाचा गर्नुभयो’, मुख्यमन्त्री पोखरेलले भने, ‘अहिले कुनै निजी विचार छैन । महासचिवले पनि पत्रकारलाई फोन गरेर राजधानीको विषयमा लबिङ गर्न नलगाउनुहोस् राजधानीका बिषयमा कुसैले दम्भ देखाउन आवश्यक छैन ।’

उनले सहमतिकै आधारमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउने बताए । पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउन आवश्यक रहेको पोखरेलको भनाइ छ ।

Womui
Womui