कक्षा ११ र १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

117

छिनछिन खबर
काठमाडौं–रााष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले एक सूचना निकाल्दै आगामी बैशाखमा सञ्चालन गर्ने कक्षा ११ र १२ को बार्षिक परिक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको समय तालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । यसैगरी कक्षा ११ को परिक्षा भने, २१ वैशाखदेखि ३१ बैशाखसम्म सञ्चालन हुनेछ । साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा पनि सँगै हुने बोर्डले जनाएको छ ।

Womui
Womui