इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्दै

101

छिनछिन खबर
काठमाडौं–नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्ब रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न प्रक्रिया सुरु गरेको छ । बैंकले आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


वार्षिक साधारणसभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित भएपछि बैंकले प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्कासन सम्बन्धि सम्झौतापत्रमा इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन । इन्फ्रास्ट्रचर बैंकले निष्कासन गर्न लागेको आईपीओ हाल सम्मकै ठुलो हुने छ ।

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्तापूँजी २० अर्ब रुपैयाँ हुने छ ।

Womui
Womui