यूएई बस दुर्घटनामा नेपाली तीन महिलाको मृत्यु भएको पुष्टि

124

छिनछिन खबर
काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा भएको बस दुर्घटनामा मृत्यु हुने ६ मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ । बाराकी अमिसा मोक्तान, प्युठानकी भावना कुँवर र झापाकी कृष्णा अधिकारीको मृत्यु भएको आबुधावीस्थित नेपाली राजदूतावासले जनाएको छ । दुर्घटनामा परेर श्रीलंकाकी एक महिला र पाकिस्तानी गाडी चालक पुरुषको मृत्यु भएको छ ।

बिहीबार भएको सो दुर्घटनामा परेर १४ नेपाली महिला घाइते भएका छन् ।
पाँच जना घाइतेको आबुधावीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा इलामकी सीता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको टिस्टुङ पालुङकी रीता शिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) को माफ्राक अस्पतालमा उपचार भइरहेको छ ।
सोही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीबार साँझ नै कम्पनीको क्याम्प फर्किएकी छिन् । त्यस्तै, मकवानपुर हेटौंडाकी मीना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्माको अलरहा अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui