फेरि शक्तिशाली पश्चिमी वायू, तीन दिन देशभर वर्षा र हिमपातको सम्भावना

201

छिनछिन खबर
काठमाडौं– पश्चिमी न्यून चापी प्रणाली नेपालको आकाशमा भित्रिएपछि फेरि तीन दिन वर्षा र हिमपात हुने सम्भावना देखिएको छ । शक्तिशाली मौसमी प्रणालीका कारण बिहीबार देशैभरको मौसम बदली हुने भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । नेपालमा यो प्रणाली तीन दिन रहने भएको छ । ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना छ,’ मानन्धरले भनिन् ।

Womui
Womui