ट्याक्टर दुर्घटनामा एकको मृत्यु १५ घाइते

29

उब्जन बम
बर्दिया–ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । माघी मनाउने क्रममा गेरुवा गाउँपालिका ६ बर्दियादेखि ठाकुरबाबा नगरपालिका ठाकुरद्वारा मन्दिरमा पूजापाठ गरी फर्कने क्रममा तीव्र गतिमा रहेको ट्याक्टर पल्टँदा ट्याक्टरमा सवार गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय रुबेन चौधरीको मृत्यु  भएको हो भने अन्य १५ जना घाइते भएको प्रहरीले जनायो। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कोहलपुर शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बाग्लो हुस्सुका कारण कोठियाघाट पुलदेखि करिब २ सय मिटर पश्चिम मोहडामा भे १ त ७२०० नम्बरको ट्याक्टर पल्टिएको हो ।
गाडी चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Womui
Womui