महिलाको टाउकोविहीन शव भेटियो

234

छिनछिन खबर


सुनसरी–स्थानीय दूधपानी खोलाको बगरमा अन्दाजी ३५–४० वर्षीया महिलाको टाउको काटिएको शव भेटिएको छ । प्रहरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै चतरा–रामपुर सडक खण्डबाट करिब ५ सय मिटर उत्तरतर्फ उक्त शव भेटिएको हो । मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटेको जनायो ।
प्रहरीका अनुसार सडेको अवस्थामा भेटिएको शवको हातको बुढी औंलामा रङ लागेको अवस्थामासँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको छ । शवको पहिचान भने हुन सकेको छैन ।

Womui
Womui