समावेशी प्यानलद्वारा ‘चुन्ना’को नेतृत्वमा उम्मेदवारी दर्ता

111

छिनछिन खबर
नेपालगन्ज– यतिबेला नेपालगन्ज बजारलाई चुनावी माहोलले तताएको छ । माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारको घरदैलो कार्यक्रमले नेपालगन्जको बजारलाई चुनावीमा माहोलमा परिणत गरेको हो ।
चुनावी मैदानमा उत्रिएको दुई प्यानलमध्ये ललितकुमार रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उम्मेदवारी दर्ता गराएसँगै अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले अध्यक्षको बागडोर सम्होलेको समावेशी प्यानलले पनि शनिबारनै उम्मेदवारी दर्ता गराएको छ ।


प्यानलको तर्फबाट उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल तथा सदस्यमा क्रमशः टंक धामी, भीम रानाभाट, विजय भण्डारी ‘बासु’, श्यामसुन्दर अधिकारी, अब्दुल वाहिद अन्सारी, चिरञ्जीवी ओली, धर्म अर्याल, हरिलाल न्यौपाने, राजेश बैश्य, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता अघि निकालिएको जुलुसमा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, , पूर्व महासचिव अशोक कर्माचार्य, नेपालग उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष नन्दलाल बैश्य, पूर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायत सयौं उद्योगी व्यवसायी सहभागी थिए ।
तस्बिर ः सामाजिक सञ्जाल

Womui
Womui