साझा प्राजातान्त्रिक उद्योगी व्यवसायी समूहले गर्‍यो उम्मेदवारी दर्ता

149

छिनछिन खबर
नेपालगन्ज– ललितकुमार रौनियारले नेतृत्व गरेको साझा प्राजातान्त्रिक उद्योगी व्यवसायी समूहले मनोनयन दर्ता गरेको छ । माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको लागि उक्त मनोनयन दर्ता भएको हो ।


समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र वाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी दर्ता भएको छ भने सदस्य पदका लागि क्रमशः अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, विष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोषकुमार बैश्य, तेजनारायण कँडेल, दीपेन्द्रराज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारको मनोनयन दर्ता भएको निर्वाचन प्रचार प्रसार सहसंयोजक वीरेन्द्र कुमार रावतले जानकारी दिए ।

“आर्थिक समुन्नतिसहितको व्यवसायिक स्वतन्त्रता, संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने नारासाथ चुनावमा होमिएको साझा प्राजातान्त्रिक उद्योगी व्यवसायी समूहले उम्मेदवारी दर्ता गर्न निकालेको ¥यालीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य सुनिल कुमार शर्मालगायतको उपस्थिति रहेको थियो ।
तस्बिरः सामाजिक सञ्जाल

Womui
Womui