नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने

100

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


स्वास्थ्यका कारण प्रधानमन्त्री ओली भने बैठकमा सहभागी नरहेको बताइएको छ । उक्त निर्णयमा भने ओलीको पनि उनको सहमति रहेको नेताहरुले बताएका छन् ।उपसभामुख तुम्बाहाम्फेले नेकपाका अध्यक्षद्वयसँग भएको भेटमा आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने अन्यथा सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् ।

सचिवालय बैठकमा नेताहरुले उनको अडान उपयुक्त नभएको धारणा राखेका थिए । उक्त बैठकमा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा भने कुनै निर्णय नगरेको नेताहरूले बताएका छन् । सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा लगायतका नेता यतिखेर सभामुखको प्रतिष्पर्धामा छन् ।

Womui
Womui