माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट

99

छिनछिन खबर
सुर्खेत–माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा बम विष्फोट गरिएको छ । अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटपछि सो समूहले नाराबाजी गरेको हुँदा बम विष्फोट गराउने नेकपा विप्लव नेतृत्वको समूह हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोट आफ्नो समूहले गरेको जानकारी दिए । आयोजना प्रभावित क्षेत्रमा बम विष्फोटसँगै नाराबाजी भएपछि क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कर्णाली प्रदेशको बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना बन्ने सुनिश्चित भएपछि स्थानीय उत्साहित छन् ।

बंगलादेश सरकारले उत्पादित ५०० मेगावाट बिजुली २५ वर्षसम्म किन्ने प्रस्ताव अनुमोदन गरेसँगै आयोजनाको २०२० देखि काम अघि बढ्ने हुँदा स्थानीयबासी हर्षित छन् । उत्पादित बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७ सेन्ट अर्थात झन्डै ८ रुपैयाँ ८० पैसामा किन्ने सहमति जनाएपछि आयोजना निर्माणको जिम्मा पाएको भारतीय जीएमआर कम्पनीलाई निर्माणका लागि बाटो खुलेको थियो ।

Womui
Womui