दोलखाका निलम्बित प्रजिअ रिजाल अख्तियारको नियन्त्रणमा

126

छिनछिन खबर
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (उपसचिव) खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ । भ्रष्टाचार अभियोगमा गृह मन्त्रालयले निलम्वन गरी कारवाही अघि वढाइरहेका वेला अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

घुस लेनदेनका बिषयमा विवादित प्रजिअ रिजालले दोलखामा कार्यरत रहँदो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोगमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।

Womui
Womui