पारस खड्काले विराट कोहलीलाई उछिने

85

छिनछिन खबर
काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले टी–२० अन्तर्गत २०१९ मा सर्वा्धिक रन बनाउने खेलाडीमा कप्तान विराट कोहलीसहित भारतका सबै खेलाडीलाई उछिनेका छन् । ३७१ बलमा कुल ५४१ रन बनाएका पारस सर्वा्धिक रन बनाउने खेलाडीको सातौं स्थानमा छन् ।

२०१९ मा १८ इनिङ ब्याटिङ गरेका पारसले १४५.८२ को स्ट्राइक रेटमा ३ अर्धशतक र १ शतक समेत बनाएका छन् । नेपालका लागि पहिलो टी–२० शतक बनाउने क्रममा पारसले नटआउट १०६ रन बनाएका थिए । भारतका कप्तान विराट कोहली १८ इनिङमा ३१५ बलको सामना गर्दै ५४१ रन जोड्दै नवौं स्थानमा रहेका छन् । ९४ रनमा नटआउट रहँदै सर्वाधिक स्कोर बनाएका कोहलीले २०१९ मा १४७.९३ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै कुल ५ अर्धशतक प्रहार गरे । भारतका अर्का प्रभावशाली ब्याट्सम्यान रोहित शर्मा १६औं स्थानमा खुम्चिएका छन् ।

यसैगरी, पारसको राजीनामापछि नेपाली टिमको नेतृत्व सम्हालेका ज्ञानेन्द्र मल्ल २१९ बलमा ३१९ रन जोड्दै ३४ औं सर्वा्धिक रन बनाउने खेलाडी बनेका छन् । १३९.३० को स्ट्राइक रेटमा १२ इनिङ ब्याटिङ गरेका ज्ञानेन्द्रले पनि २०१९ मा शतक प्रहार गरेका थिए । १०७ रन जोड्दै शतक पुरा गरेका ज्ञानेन्द्रले एउटा अर्धशतक समेत प्रहार गरेका छन् ।

यस्तै, उपकप्तान दीपेन्द्रसिंह ऐरी ४७औं स्थानमा छन् । उनले १६ इनिङमा २६० बलको सामना गर्दा २८७ रन जोडेका थिए । नटआउट ५८ रन बनाउँदै अर्धशतक पूरा गरेका विनोद भण्डारी १३ इनिङमा २११ बल खेलेर २६१ रन जोड्दै ६२औं स्थानमा छन् ।१८१ बलमा १९४ रन बनाएका आरिफ शेख १००औं स्थानमा रहँदा ११० बलमा १६८ रन प्रहार गरेका करण केसी १११औं स्थानमा रहन सफल भएका छन् ।

अर्का अलराउन्डर सोमपाल कामी ९८ बलमा ११३ रन जोड्दै १५४औं, सन्दीप जोरा ८३ बलमा १०१ रन बनाउँदै १६७औं तथा ८९ बलमा ८० रन बनाएका रोहितकुमार पौडेल १९८ औं स्थानमा छन् ।

Womui
Womui