देउवाद्वारा एक वर्ष कार्यकाल थप, अब अर्को वर्षको फागुन ७ गते महाधिवेसन

57

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन् । चार वर्षे कार्यकाल यही फागुनमा सकिने भए पनि केन्द्रीय समितिबाट देउवाले एक वर्ष कार्यकाल थप्ने निर्णय गराएका हुन् ।

विधानमा भएको व्यवस्था अनुसार देउवाले आफू नेतृत्वको केन्द्रीय समितिको कार्यकाल २०७७ फागुनसम्म थपेका हुन् । महाधिवेशन गर्न र संक्रमणकालको अवस्थालाई हेरेर कार्यकाल एक वर्ष थपिएको गरिएको बताइएको छ ।
पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंंमा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Womui
Womui