विप्लव नेकपाका २१ कार्यकर्ताले धरौटीमा रिहा हुन मानेनन्

110

छिनछिन खबर
दाङ–दाङको विशेष पार्टी बैठकबाट पक्राउ परेका विप्लव नेकपाका २१ नेता कार्यकर्ताले धरौटीमा रिहा हुन अस्वीकार गरेका छन् । एनसेल टावल ध्वस्त पारेको, ठाउँठाउँमा बस विस्फोट बनाएको उनीहरुलाई अभियोग लागेको थियो ।

दाङ जिल्ला अदालतले २१ नेता कार्यकर्तालाई जनही १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरुले धरौटीमा रिहा हुन अस्वीकार गर्दै कारागार गएका छन् । धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएपनि उनीहरुले आफुहरुसँग धरौटी रकम नभएको बताएका छन् ।

हामीसँग धरौटी बुझाउने रकम छैन, त्यही भएर जेलमै बस्छौ, उनीहरुले कागजमा उल्लेख गरेका छन् । धरौटीमा रिहा हुन नमानेपछि जिल्ला अदालतले उनीहरुलाई घोराही कारागारमा पठाएको छ । असोज ३० गते मध्यरातमा उनीहरुलाई प्रहरीले दाङबाट पक्राउ गरेको थियो ।

Womui
Womui