सामाजिक सुरक्षामा सहभागी हुन बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको निर्देशन

88

छिनछिन खबर
काठमाडौँ–योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन आलटाल गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सो प्रक्रियामा तत्काल सामेल हुन निर्देशन दिएको छ ।

केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था र त्यसमा आबद्ध कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि निर्देशन दिएको हो । ‘सामाजिक सुरक्षा ऐन, २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन कार्य्विधि, २०७५ मा भएको व्यवस्थाबमोजिम इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सूचीकण गर्ने व्यवस्था गर्नु÷गराउनु’, राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक देवकुमार ढकालद्वारा जारी सूचनामा भनिएको छ ।

पटकपटक कोषमा सूचीकृत हुन समयावधि थप गरिएको भए पनि बैङ्क तथा वित्तीय संस्था सूचीकरण प्रक्रियामा सहभागी हुन नआएको भन्दै श्रम मन्त्रलायले वित्तीय क्षेत्रलाई निर्देशन दिन राष्ट्र बैङ्कसमक्ष आग्रह गरेको थियो । सरकारले श्रमिकको भविश्यलाई जोखिममुक्त बनाउने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो । तर बैंकहरूले योजनामा असन्तुष्टि जनाउँदै सहभागी हुन अटेर गर्दै आएका छन् । हालसम्म एक लाख ३१ हजार ५ सय ७७ श्रमिक र ११ हजार ७ सय ९७ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

Womui
Womui