स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

229

छिनछिन खबर
काठमाडौं– सरकारले १३ औं दक्षिण एसियाली खेलकूद(साग) मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घोषणा गरेका हुन् । सरकारले रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई ३ लाख दिने पनि घोषणा गरेको छ ।

दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले भने ११ लाख पाउने छन् । गौरिका सिंह, आयाशा शाक्य लगायतका खेलाडीले ११ लाख रुपैयाँ पाउने भएका हुन् । प्रतियोगितामा नेपालले ५१ वटा स्वर्ण जितेको थियो । त्यस्तै ६० वटा रजत र ९५ वटा कास्यसंगै कूल २०६ पदक नेपालले जितेको थियो ।

Womui
Womui