जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली

91

छिनछिन खबर
काठमाडौं–नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा अन्य स्रोत मुलुकमध्ये सबैभन्दा कमजोर देखिएको छ ।


गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडियो र फिलिपिन्सपछि सबैभन्दा कमजोर नेपालको देखिएको हो । जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा अनुसार नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो नतिजाअनुसा सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट सबभन्दा कम १९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।

केही समयअघि नेपालले नेपालले केयरगिभरको लागि मात्र गर्ने श्रमिक कोटा बढाउन अनुरोध गरे पनि भाषा परीक्षामा भने न्यून संख्यामा उत्तीर्ण भएका छन् । भाषा परीक्षामा सहभागी हुन १३ हजार नेपालीले आवेदन दिएको जापान फाउन्डेसनले जनाएको छ । जसमा लक्की ड्रमार्फत १ हजार जनालाई छानेर नसिंङ केयरगिभर र भाषा परीक्षामा सामेल गराइएको थियो ।

भाषा परीक्षापछिको सीप परीक्षणमा सहभागीमध्ये कति नेपाली उतीर्ण भए भन्नेबारे सरकारले आधिकारिक धारणा माग गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।

Womui
Womui