नेपाल भित्रिने रेमिट्यान्समा खाडी मुलुकको वर्चश्व

36

छिनछिन खबर
काठमाडौं–नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुकको वर्चश्व देखिएको छ । विश्व बैंकका अनुसार नेपालमा ३९ मुकुकबाट रेमिट्यान्स प्राप्त हुने गरेकोमा खाडी मुलुकबाट सर्वा्धिक रेमिट्यान्स भित्रिने गरेको छ । विश्व बैंकले चालु वर्ष सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स ८ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर (९ खर्ब ८५ अर्ब रुपैयाँ) पुगेको जनाएको छ ।

बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २०.९ प्रतिशत हो । बैंकका अनुसार सन् २०१८ मा नेपालमा ८ अर्ब ३१ करोड डलर रेमिट्यान्स भित्रिएको थियो । यस्तै, नेपालमा ३९ मुलुकबाट रेमिट्यान्स प्राप्त हुने गरेको छ । रेमिट्यान्स प्रवाहका आधारमा कतार पहिलो नम्बरमा छ भने साउदी अरब दोस्रो र भारत तेस्रो नम्बरमा छ ।

बैंकका अनुसार सन् २०१८ मा कतारबाट २ अर्ब २२ करोड ७० लाख अमेरिकी डलर, साउदी अरबबाट २ अर्ब ३ करोड ९० लाख डलर र भारतबाट १ अर्ब ३३ करोड ७० लाख डलर रेमिट्यान्स भित्रिएको छ । नेपाली कामदार जाने क्रम घटेसँगै मलेसियाबाट भित्रिने रेमिट्यान्समा व्यापक गिरावट आएको छ । सन् २०१८ मा मलेसियाबाट ७४ करोड ५० लाख डलर रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा उल्लेख छ ।

चौथो स्थानमा रहेको अमेरिकाबाट ५७ करोड डलर २० लाख, पाँचौं स्थानमा रहेको कुवेतबाट ३० करोड १० लाख डलर, छैठौं स्थानमा रहेको बेलायतबाट २० करोड १० लाख डलर, सातौं स्थानमा रहेको अष्टे«लियाबाट २१ करोड ६० लाख डलर, आठौं स्थानको यूएइबाट १३ करोड ६० लाख डलर, बंगलादेशबाट ९ करोड १० लाख डलर र दसौं स्थानमा रहेको हङकङबाट ४ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यसैबीच, नेपालमा भित्रने रेमिट्यान्सको तथ्यांकमा विश्व बैंकले विश्वव्यापी द्विपक्षीय प्रवाहका आधारमा निकाल्ने तथ्यांक र नेपाल राष्ट्र बैंकले निकाल्ने तथ्यांकबीच व्यापक भिन्नता देखाएपछि राष्ट्र बैंकले पुनरावलोकन थालेको छ । राष्ट्र बैंकको विवरणले यसअघि अमेरिकाबाट सर्वा्धिक रेमिट्यान्स भित्रने गरेको उल्लेख गर्दै आएको थियो । भारतबाट भित्रिने रेमिट्यान्सका विषयमा पनि फरक पर्दै आएको थियो ।

औपचारीक माध्यमबाट भित्रने र हुण्डी÷ह्यान्डक्यारी (व्यक्ति आफैंले बोकेर ल्याउने) रेमिट्यान्स रकमको अनुपातमासमेत विश्व बैंक र राष्ट्र बैंकको विवरण फरक पर्दै आएको थियो ।

Womui
Womui