भारतलाई ४० सेकेन्डको अन्तरले हराउँदै किरणसिंह बोगटीले दिलाए म्याराथनमा स्वर्ण

33

छिनछिन खबर
काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले भारतका खेलाडीलाई ४० सेकेन्डको अन्तरले हराएका हुन् ।

Womui
Womui