तेह्रौँ सागः ८१ स्वर्णसहित भारत शीर्ष स्थानमा, नेपाल दोस्रोमा

111

छिनछिन खबर
काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकुद सगामा भारत पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा छ ।

शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ ।

यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ स्थानमा छ । भुटानले छ कास्य पदक हात पारेको छ ।

यस्तो छ शुक्रबारसम्मको साग पदक तालिकाः

Womui
Womui