भक्तपुरमा एमाले उल्टियो, कांग्रेसका भँडेल विजयी

40

छिनछिन खबर
भक्तपुर– यसअघिको निर्वाचनमा नेकपा विजयी भएको भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् । यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा पनि मेयर, उपमेयरसहित अधिकांश वडाअध्यक्ष समेत पूर्व एमालेबाटै विजयी भएका थिए ।


काँंग्रेसका भडेलले १३ हजार चार सय ४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार एक सय ९७ मत पाए । निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत पाए । कूल ४५ हजार १५ जना मतदातामध्ये ३२ हजार ३७ (७१ प्रतिशत) मत खसेको थियो ।

गएको निर्वाचनमा १२ हजार सात ८९ मत ल्याएका एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याएका थिए ।

Womui
Womui