३८ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

307

छिनछिन खबर
काठमाडौं–काठमाडौं उपत्यकाभित्र गैरकानुनी रूपमा हुण्डीको कारोबार गर्ने दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । टोलीले कृष्णप्रसाद भट्टराई र अन्जनी ओभरसिजका सञ्चालक गोवर्द्धनप्रसाद सरावगीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार सरावगीले ३० लाख रकम भट्टराईलाई हुण्डी गर्न दिएका थिए ।
त्यस्तै सरावगीबाट आठ लाख १२ हजार नगदलगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui