प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

53

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । मृगौलाको नियमित डायलसिस गरिरहेका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 


‘उहाँ स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ’ थापाले भने ‘स्वास्थ्य परीक्षण अहिले चलिरहेको छ ।’ प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला पत्यारोजन गर्ने तयारी गरिएको छ । नेपालमै प्रत्यारोजन गर्ने तयारी गरेका प्रधानमन्त्री ओलीको चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरिरहेका छन् । मृगौला प्रत्यारोजन गर्नुभन्दा पहिले स्वास्थ्य परीक्षण गरिन्छ । प्रधानमन्त्री ओलीको अहिले त्यही स्वास्थ्य परीक्षण भइरहेको छ ।

Womui
Womui