प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटर हटाइयो

124

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेन्टिलेटर हटाइएको छ ।

थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए । प्रधानमन्त्रीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ । एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार ओलीको शल्याक्रिया गरिएको थियो ।
विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो ।

Womui
Womui