नेवानिका सबै जहाजमा भ्रमण वर्षको लोगो

87

छिनछिन खबर

काठमाडौं–नेपाल वायुसेवा निगमले आफूसँग रहेका सबै जहाजमा नेपाल भ्रमण वर्ष २०२० को लोगो टाँस्‍ने निर्णय गरेको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० सफल र जानकारीमूलक बनाउन निगमले यस्तो निर्णय गरेको जनाएको छ ।


‘भ्रमण बर्षलाई उपयोग गर्न निगमले विज्ञ सहितको डिजिटल मिडिया एवम् कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति तयार गरेको छ’ निगमका सहप्रवक्ता सुलेख मिश्रले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको । त्यस्तै निगमले गुणस्तरीय सेवा सहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित बिक्री कक्ष राति ८ बजेसम्म पनि खुल्ला राख्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौंका होटल तथा टुर अपरेटर व्यवसायीहरुसंग सम्झौता गरी विदेशवाट आएका यात्रुलाई निगमका बाह्य स्टेशनवाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । भ्रमण वर्ष २०२० लक्षित निगमले थप कार्यक्रमहरुका लागि पाँच जना निर्देशक सम्मिलित समिति गठन गरेको छ । त्यस्तै प्रत्येक अन्तर्रा्ष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशूल्क उपलव्ध गराउने निर्णय पनि निगमले जनाएको छ ।

Womui
Womui