नेपालगन्ज म्याराथनको पाँचौं संस्करण सुरु

63

छिनछिन खबर
काठमाडौं– नेपालगन्ज म्याराथनको पाँचौं संस्करण सुरु भएको छ । संस्करणको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उदघाट्न गरे । उनले मुलुक समृद्धि ल्याउने दिशामा सरकार अघि बढेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उनले उल्लेख गरे । सरकारको नारालाई देश विदेशमा पु¥याउन नेपालगञ्ज म्याराथनले सहयोग पु¥याउने उनको विश्वास छ । शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो ।

नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगन्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने बताए ।

Womui
Womui