अर्को वर्षदेखि कृषि क्रान्ति – मन्त्री घनश्याम भुसाल

232

छिनछिन खबर
भैरहवा–नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले देशलाई निर्वाहमुखी कृषि प्रणालीबाट बाहिर ल्याउने र आधुनिक कृषि खेतीमार्फत देशलाई परिवर्तन गर्न कदम चाल्ने बताएका छन् ।

मन्त्री भएको चौथो दिन गृहनगर आएका भुसालले अहिलेको बजेट, नीति र कार्यक्रमबाट निर्वाहमुखी कृषि प्रणाली अन्त्य नहुने बताउँदै आगामी वर्षदेखि आधुनिक कृषि प्रणाली लागू गर्ने बताए । यो आर्थिक वर्ष अहिलेकै नीति र विधिबाट चले पनि अर्काे वर्षदेखि कृषि क्रान्ति सुरु हुने उनको भनाइ छ । कृषकहरुले वर्षेनि भोग्दै आएको मल र बीउको समस्या यो बर्ष पनि हल नहुने उनले बताए ।

तत्कालै यो समस्या सामधान गर्न सकिँदैन, केही सहज पक्कै होला । अहिलेको विधिबाट यो समस्या पनि समाधान गर्न सकिँदैन, उनले भने । मन्त्री भुसालले कृषिलाई आधुनिकरण गर्न आफ्नो जोड रहने पटकपटक बताए ।

Womui
Womui