पारस खड्का सहित सात खेलाडी पीएसएलको ड्राफ्टमा

196

छिनछिन खबर
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्कासहित सात क्रिकेटर पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । सिल्भर क्याटेगोरीको ड्राफ्टमा पारससहित, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेस्वाकर परेका हुन् ।

पारस, शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा आफ्नो नाम पठाएका थिए भने आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ (क्यान) ले पठाएको थियो । क्रिकेट संघले सिफारिस गरेका अन्य खेलाडी करण केसी, पवन शरार्फ र ललितनारायण राजवंशी भने ड्राफ्टमा परेनन् । ‘इमर्जिङ’ क्याटगोरीको ड्राफ्ट सार्वजनिक हुनै बाँकी रहेकाले सम्भावना भने जीवितै छ । सिल्भर क्याटगोरीमा पर्ने खेलाडीले १५ देखि ३५ हजार अमेरिकी डलर पाउनेछन् । पीएसएलको ड्राफ्ट आगामी डिसेम्बर ६ र ७ मा हुनेछ ।

Womui
Womui