पूजा बोहराका बलात्कारीलाई ११ बर्ष कैद सजाय र १० लाख क्षतिपूर्ति दिन सर्वाेच्चको आदेश

32

छिनछिन खबर
काठमाडौं–बैतडीकी पूजा बोहराका बलात्कारीलाई सर्वाेच्च अदालतले साढे ११ बर्ष जेल सजाय र १० लाख क्षतिपूर्तिको आदेश दिएको छ । न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले बोहराका बालात्कारी सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय र १० लाख क्षतिपूर्तिको फैसला गरेको छ ।

यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसला उल्ट्याउँदै सर्वाेच्च अदालतले बोहराका पक्षमा फैसला दिएको छ । सर्वाेच्चले बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाएको छ । पीडित बोहरालाई बलात्कारी अभियोग प्रमाणीत भएका दुवै जनाबाट साढे २ लाखका दरले ५ लाख र सरकारकातर्फबाट ५ लाख गरी पीडितलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।

बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो । २०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा बोहरा त्यसै स्टुडियोको सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीले बलात्कार गरेका थिए ।

Womui
Womui