२३ वर्षपछि नेपाल बैंकद्वारा लाभांशको घोषणा

37

छिनछिन खबर
काठमाडौं–नेपाल बैंक लिमिटेडले २३ वर्षपछि लगानीकर्तालाई लाभांश दिने भएको छ । नेपाल बैंक सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।


नेपाल बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैंया छ । १५ प्रतिशत बोनश शेयरपछि सो पुँजी ११ अर्ब २८ करोड रुपैंया पुग्नेछ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको समृद्धिको युग सुरु भएको बताए ।

उनले नेपाल बैंक नयाँ पुस्ताको मानक बैंकको रुपमा स्थापित गर्नेतर्फ अघि बढेको पनि बताए । नेपाल बैंकले लाभांश घोषणा गरेसँगै बजारमा शेयरमूल्यमा उछाल आएको छ । बजारमा नेपाल बैंकको शेयरा खरिदकर्ताको चाप देखिएसँगै मूल्य बढेको हो ।

Womui
Womui