सर्वाधिक कर तिर्ने सम्मानित, यी हुन् धेरै कर तिर्ने

115

छिनछिन खबर
काठमाडौं– सर्वाधिक कर तिर्ने व्यक्ति सम्मानित भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले उनीहरूलाई सम्मान गरे । आठौं कर दिवसको अवसरमा आर्थिक वर्ष २०७५ ७६ मा खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

सिद्धार्थ शमशेर राणा छ पटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् । गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ । अर्थ मन्त्राललयका अनुसार निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ । कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् ।

बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् । अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् ।

Womui
Womui