एक्ला सन्तान मोटोपनाको बढी जोखिममा

35

सिएनएन– दाइदिदी वा भाइबहिनी भएकाको तुलनामा एक्ला सन्तानमा मोटोपनाको जोखिम बढी हुने गरेको नयाँ अध्ययनले देखाएको छ । अध्ययनमा बालबालिकाको खानपिनको बानी र शारीरिक तौल अध्ययन गरिएको थियो । जसमा वैज्ञानिकहरुले एक्ला सन्तानले खाने खाना र पेय पदार्थ धेरै छोराछोरी भएका परिवारको तुलनामा अस्वस्थ हुने गरेको पत्ता लगाएका हुन् ।

अनुसन्धानमा यसको स्पष्ट कारणबारे विस्तृत जानकारी फेला नपरेपनि यसले अभिभावकहरुको ध्यान केन्द्रित गराएको अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सकी डाक्टर नेटलिन मुथले बताएकी हुन् । उनले भनेकी छन् । एक्ला सन्तानहरुले यसअघि पनि धेरैपटक अनुसन्धानकर्ताहरुलाई आश्चर्यमा पारिसकेका छन् । पुराना अध्ययनहरु भने एक मात्र सन्तानका बारेमा समाजमा मानिँदै आएका खराब पक्षहरुमा केन्द्रित रहने गर्दथ्यो ।

जस्तै एक्ला सन्तान घमन्डी, स्वार्थी, क्रुर, अनावश्यक रुपमा प्रतिस्पर्धी र एक्लै माया पाएर मात्तिएका हुन्छन् भन्ने मान्यता रहँदै आएको छ । यस्तोमा धेरै मानिसहरुले एक्लो सन्तान भएमा तिनीहरुमा थुप्रै सामाजिक विपन्नता हुने विश्वास गर्दथे जसकारण पनि तिनको व्यक्तित्व र व्यवहारकै बारेमा मात्र धेरै अनुसन्धान गरिएको टोनी फाल्बो बताउँछन् । जो युनिभर्सिटी अफ टेक्ससका साइकोलोजिस्ट हुन् र यस विषयमा सन् १९८० देखि अध्ययन गर्दै आएका छन् । उनले १९८६ मा बालबालिका सम्बन्धी २०० वटा अध्ययनको विश्लेषण गरेका थिए ।

जसमा एक्ला सन्तानहरुले विशेषगरी दाजु वा दिदी भएकाहरुको तुलनामा बौद्धिक, व्यवहारिक लगायतका उपलब्धी हासिल गर्ने गरेको पत्ता लगाएका हुन् । यसरी एक्लो सन्तान र मोटोपनाबीचको सम्बन्धबारे पहिलोपटक चीन र युरोपमा खोजी गर्न सुरु गरिएको थियो । चीनमा १९८० देखि २०१६ सम्म एकल सन्तान नीति जारी रहेको हुँदा अध्ययनकर्ताहरुले सबैभन्दा राम्रो अवसर पाएका हुन् । जस्तै चीनका २० हजार एक्ला सन्तानहरुमा अनुसन्धान गर्दा उनीहरुले शहरी क्षेत्रमा बस्ने ३६ प्रतिशतमा मोटोपनाको समस्या हुने सम्भावना रहेको पत्ता लगाए ।

त्यसपछिका अन्य रिसर्चहरुमा चाहिँ सबैभन्दा पछि जन्मिएको अर्थात कान्छो सन्तानमा मोटोपनाको सम्भावना अधिक रहेको देखिएको हो । यसमा अभिभावकले तिनको खाना खाने समय व्यवस्थापन गर्न नमिलाएका कारण यस्तो हुने गरेको बताइएको थियो ।

Womui
Womui