व्यवसायीद्वारा ११ अर्ब राजस्व छली, मुद्दा चलाउने तयारी

138

छिनछिन खबर
काठमाडौं– नाम चलेका उद्योग, फर्मले ११ अर्ब राजस्व छली गरेको पाइएको छ । ती राजस्व छली गर्ने फर्मलाई सरकारले मुद्दा चलाउने तयारी समेत गरेको छ । राजस्व अनुसन्धान विभागले ती फर्मविरुद्ध मुद्दा चलाउने तयारी गरेको हो ।

विभागका अनुसार विभिन्न प्रतिष्ठानहरुले कारोबारको विवरण लुकाएको, मूल्य अभिवृद्धि करको नक्कली बिजक जारी गरेको र आयकर छली गरेको भेटिएपछि त्यस्ता कम्पनीविरुद्ध मुद्दा दायर गर्न लागिएको हो । यसैगरी मूल्य अभिवृद्धि करको नक्कली बिल बनाउने र व्यावसायिक प्रतिष्ठानलाई बिक्री गर्ने विरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । केही ठूला कम्पनीमाथि पनि मुद्दा चलाउने तयारी गरिएको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व छलीविरुद्ध एकैपटक लामो समयपछि ठूलो कारबाही अघि बढाउन लागेको हो ।
आन्तरिक राजस्व विभागले १० वर्षअघि एकैपटक ५ वटा फर्म्विरुद्ध नक्कली भ्याट बिल बिजक बनाएर कारोबार गरेको आरोपमा छानबिन गरी मुद्दा दायर गरेको थियो ।

Womui
Womui