भारतीय दुतावार अगाडी प्रदर्शन नेपालको कालापानी र लिपुलेक हड्प्ने भारतीय नयाँ नक्सा बिद्यार्थीले जलाए

129

छिनछिन खबर
काठमाडौं, कार्तिक २२ । नेपाली भूमी कालापानी र लिपुलेक आफ्नो भूमिमा पार्ने भारतीय नयाँ नक्सा दूतावास अगाडी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा बिद्यार्थीले जलाएका छन् । शुक्रवार ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बिद्यार्थीहरु भारतीय दूतावास लैनचौर पुगेका थिए । उनीहरुले भारतको नयाँ नक्सा दूतावास अगाडी जलाएर विरोध गरेका छन् । भारतले केही समयअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक र कालापानी भारतीय क्षेत्रभित्र राखिएको छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् ।

Womui
Womui